काठमाडौं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाइ तथा शुभकामना दिएकी छिन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै पार्टी नफुटेको भन्दै कांग्रेसमा जनचाहना बमोजिम परिवर्तन आएको उल्लेख गरेकी छिन् ।
उनले वीपीको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनलाई नबिर्सेर अघि बढ्न सुझाव दिँदै कांग्रेसलाई राम्रो बनाउँदै देशको उन्नतीमा लाग्दा नेपाली कांग्रेससहित सम्पूर्ण जनताले मान्ने दाबी गरिन् ।




















