काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टीका बहुमत केन्द्रीय सदस्यहरू निर्वाचन आयोग पुगेका छन्। उनीहरूले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति नै आधिकारिक भएको दाबी गरेका छन्।
कावा सभापति खड्का, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू तथा नेता शेखर कोइरालासहितका नेता–कार्यकर्ता स–शरीर आयोगमा उपस्थित भएका हुन्। उनीहरूले पार्टीको विशेष महाधिवेशन औपचारिक रूपमा आह्वान नभएको र गगन थापा तथा विश्वप्रकाश शर्माको नेतृत्वमा गठन गरिएको भनिएको कार्यसमिति अवैध रहेको जानकारी निर्वाचन आयोगलाई गराउने उद्देश्यले आयोग पुगेको बताएका छन्।
एक नेताका अनुसार पार्टी विधान र निर्वाचन ऐनको व्यवस्था विपरीत कुनै पनि नयाँ कार्यसमिति वैध हुन नसक्ने भएकाले देउवा नेतृत्वको कार्यसमितिलाई नै आधिकारिक रूपमा मान्यता दिन आग्रह गर्न आयोग पुगेको हो।



















