काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनतर्फ उन्मुख भएको बताएका छन्।
केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा पुगेका खड्काले आफ्नो कार्यकक्षमा उपस्थित नेता–कार्यकर्तालाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै सहमतिका सबै प्रयास असफल भएपछि पार्टी फुटतर्फ अघि बढेको बताए।
उनका अनुसार सभापति शेरबहादुर देउवा अधिकतम रूपमा लचिलो बने पनि महामन्त्रीहरूले सहमति जनाएनन् र उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भइसकेकाले परिस्थिति थप जटिल बनेको हो।
खड्काले केन्द्रीय कार्यसमिति बैठक अब अघिल्ला दिनझैं स्थगित नहुने स्पष्ट गर्दै उत्पन्न परिस्थितिबारे आवश्यक निर्णय केन्द्रीय समितिले गर्ने बताए।




















