काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।
यसअघि बिहीबार सर्वोच्च अदालतले प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको थियो ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले आज मेडिकल व्यवसायी प्रसाईंलाई थुन्नुको आधार र कारणसहित अदालतमा उपस्थित गराउन भनेको थियो ।
बुबालाई गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै प्रसाईंका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए ।




















