काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय गरेको हो।
प्रवक्ता महतले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको पनि बताए। यस्तै महाधिवेशनका विषयमा छिटै निर्णय हुने उनले बताए।



















