काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक आगामी मंसिर ८ गते मंगलबार बस्ने गरी तय गरिएको हो।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आह्वान गरिएको छ।
यद्यपि, पार्टीले बैठकका एजेन्डाबारे औपचारिक रूपमा जानकारी गराएको छैन।




















