काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ।
एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलाको तयारी तथा व्यवस्थापनका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको बस्नेतले जानकारी दिएका छन्।
यसअघि एमालेले सोमबार पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाबारे विस्तृत जानकारी सार्वजनिक गरेको थियो। पार्टीका अनुसार भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन्।
भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहनेछ।
एमालेले राष्ट्रिय भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारीका साथै पार्टीको वैचारिक र संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा लिएको छ।




















