काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
छठ पर्वले शुद्धता, संयम र निष्ठाको सन्देश दिनुका साथै सूर्यको उपासनामार्फत आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्ने उनले बताएका छन्।
ओलीले प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउँदै छठ पर्वले सामाजिक सद्भाव तथा सांस्कृतिक एकताको सन्देश दिने उल्लेख गरेका छन्।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा कृतज्ञता र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार होस्।’
छठ पर्वको अवसरमा उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
छठ पर्वको अवसरमा उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।




















