काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले जनताले निर्वाचनमार्फत व्यवस्था नभए पनि बालेन्द्र (बालेन) शाहलाई सोझै प्रधानमन्त्रीका रूपमा चुनेको टिप्पणी गरेका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी चार वर्ष बालेनको साक्षी मात्र बन्ने दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले पार्टी सत्ता र राज्यसत्ताको नेतृत्वबीच द्वन्द्व हुँदा पार्टी नेतृत्व पराजित भएका उदाहरण इतिहासमा रहेको उल्लेख गरेका छन्।
उनले बीपी कोइराला र मातृकाप्रसाद कोइरालाको समयदेखि आजसम्म यस्ता घटना विभिन्न रूपमा दोहोरिँदै आएको टिप्पणी गरेका छन्।




















