काठमाडौं । सिरहाको मार्डरमा प्रहरीले हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ परेकाहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको छ।
बिहीबार बिहान गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।




















