कञ्चनपुर । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्।
नेकपा एमालेबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (१) बाट निर्वाचित थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। उनी यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत बनेका थिए।
प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटमाथि छलफल गर्न नदिई हतारमा पारित गरिएको भन्दै थापाले असन्तुष्टि जनाएका हुन्।
यद्यपि, सभामुख भण्डारीले थापाको राजीनामाबारे निर्णय गरिसकेका छैनन्।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट मंगलबार प्रदेशसभाबाट पारित भएको थियो।




















