काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किएका छन् ।
गुरुङ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत हुने बैठकमा सहभागी हुन भारत जान लागेका हुन् ।
बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन् । बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीको सहभागिता रहनेछ ।




















