काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ)को जिम्मेवारी कवि फुँयालले पाएका छन् ।
असोज १३ गते बसेको सञ्चालक समिति बैठकले असोज २६ गतेदेखि लागू हुने गरी कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।
योसँगै उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवारी समेत समेत दिइएको बताइएको छ ।




















