काठमाडौं । गोरखामा बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीपछि कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।
बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगरका करिब ३५ वटा घरसमेत बगाएको छ। बाढीका कारण जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति पुगेको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ। सम्पर्कविहीन भएकाहरूको खोजी तथा क्षतिको विवरण संकलनसँगै घटनाको थप विवरण स्पष्ट हुँदै जाने अपेक्षा गरिएको छ।




















