पोखरा । पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
मृत्यु हुनेमा चार विद्यार्थी र एक सर्वसाधारण रहेको जानकारी दिँदै कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले १८ जना घाइते रहेको बताए ।
ओख्ले भीर भन्ने ठाउँबाट बस करिब दुई सय मिटर तल खसेको छ । मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।




















