पोखरा । कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा २ विद्यार्थी सहित ३ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित विजयपुर सैनिक ब्यारेकबाट केही उत्तरतर्फ माझथाना नजिक स्कुल बस दुर्घटना भएको हो । ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो । बस भीरबाट डेढ–दुई सय मिटर तल खसेको हो ।
गण्डकी प्रदेशका डीआईजी दीपेन्द्र जिसीका अनुसार २ विद्यार्थी र एक गाडी स्टाफको मृत्यु भएको हो । घाइतेलाई उद्धार गरेर अस्पताल पठाउने काम भइरहेको छ ।




















