काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ। अब मतदान शुक्रबार बिहान ७ बजेबाट सुरु हुने भएको छ।
बिहान १० बजेका लागि तय गरिएको मतदान समय तीनपटक सारेर दिउँसो साढे २ बजेसम्म पुर्याइएको थियो। तर उक्त समयमा पनि मतदान सुरु हुन सकेन।
समयमै मतदान सुरु हुन नसकेपछि केन्द्रीय निर्वाचन समितिले शुक्रबार बिहान ७ बजेदेखि मतदान गर्ने नयाँ समय तय गरेको हो। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार भोलि बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ।
निर्वाचन समितिले मतदानका लागि आवश्यक निर्वाचन सामग्री छापाखानाबाट आउन ढिलाइ भएकाले निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको जनाएको छ।




















