काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिएकी छन्।
पार्टी मुख्यालय च्यासलमा ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि अध्यक्ष ओलीले भण्डारीलाई शपथ गराएका हुन्।
पूर्वराष्ट्रपति भण्डारीलाई हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो। वरिष्ठ नेतामा मनोनीत भएपछि उनी पहिलोपटक पार्टीको औपचारिक बैठकमा सहभागी भएकी हुन्।
भण्डारी राष्ट्रपति बन्नुअघि एमालेकी उपाध्यक्ष थिइन्। राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि उनी पुनः सक्रिय राजनीतिमा फर्किएकी हुन्।



















