काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजनीतिक प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मत पारित भएको छ।
खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए। पारित प्रतिवेदन आजैदेखि सुरु हुने बन्दसत्रमा प्रस्तुत गरिनेछ।
आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षा, सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टी पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य र युवा सहभागितालगायतका विषय समेटिएका छन्।
त्यस्तै, प्रतिवेदनमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालाई पनि प्राथमिकताका साथ अघि सारिएको छ।
सहमहामन्त्री बुढाका अनुसार केन्द्रीय समिति बैठक खाना खानका लागि केही समय स्थगित गरिएको छ। खाना खाएपछि बैठक पुनः सञ्चालन हुनेछ।





















