काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई घुमाउरो पारामा दह्रो कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमार्फत अमरेशले ‘नयाँ पार्टीका सभापति ज्यू’ भन्दै गगन थापालाई भनेका छन् “नाक फुलाएर “लोकतन्त्र ल्याउने पार्टी” भनेर गर्व गर्नुभयो। तर प्रश्न यो हो—त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्याउने जिम्मेवारी कसको हो ? इतिहासको गौरव गाएर मात्र पुग्दैन, वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिन सक्नुपर्छ। लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैं भत्काउने—योभन्दा ठूलो विडम्बना अरू के होला ?”
थापाले हिजो महाधिवेशनमा रास्वपा सभापति लामिछानेलाई जवाफ दिँदै ‘हामीले केही सांसद पनि पठाइदिएका छौँ’ भनेपछि कांग्रेस पृष्ठभूमिका सांसद अमरेशले जवाफमा भनेका छन् “यत्तिकै पार्टी छोडेर गएका होइनन्, तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन् ।”




















