काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक काठमाडौंको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, हालै अन्त्य भएको संघीय संसद्को अधिवेशनलगायत विषयमा छलफल भइरहेको छ।
बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली पनि सहभागी छन्। बैठकमा अध्यक्ष ओलीले पार्टीका सांसदहरूलाई समसामयिक राजनीतिक विषय र आगामी भूमिकाबारे आवश्यक निर्देशन दिने बताइएको छ।




















