काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालू अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।
चालू अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको थियो। यस अवधिमा सरकारले नीति तथा कार्यक्रम, वार्षिक बजेट तथा विभिन्न विधेयक अघि बढाएको थियो।





















