काठमाडौं । २० औं एसियन गेम्स २०२६ मा नेपाल महिला कबड्डी सेमिफाइनल प्रवेश गरेको छ। सेमिफाइनल प्रवेश गरेसँगै नेपाली महिला कबड्डी टोलीले कम्तीमा कांस्य पदक ल्याउने पक्का भएको छ।
नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४-२५ ले हराएको हो। समूह ‘बी’ बाट नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। पहिलो हाफमा १९-१३ को अग्रता बनाएको नेपालले दोस्रो हाफमा १५-१२ को अग्रता सहित ३४-२५ को जित दर्ता गरेको हो।
समूह ‘बी’ बाट नेपाल र चाइनिज ताइपेइ सेमिफाइनल प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो। ३ मा २ खेल जित्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो।
नेपालले फाइनल प्रवेश गर्न शुक्रबार खेल्नेछ। यो टोलीले १९ औं एसियन गेम्समा पनि कांस्य पदक जितेको थियो।




















