काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ।
कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ किलो तौल समूहमा कांस्य पदक जित्दै नेपाललाई प्रतियोगिताको पहिलो पदक दिलाएका हुन्।
तेन्जिङ सेमिफाइनलमा इरानका महम्मद नेमाटीसँग ५–० ले पराजित भएका थिए। त्यसपछि कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा उनले लाओसका वाथाना जायासानलाई पराजित गर्दै पदक जितेका हुन्।
योसँगै २०औँ एसियाली खेलकुदमा नेपालको पदक खाता खुलेको छ।




















