काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको भोलिपल्टै वाग्ले राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन्।
बुधबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका थिए।
प्रधानमन्त्रीको अनुपस्थितिमा वाग्लेले कार्यवाहक प्रधानमन्त्रीका रूपमा सरकारको नियमित कार्यसम्पादन सम्हालिरहेका छन्।




















