काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
केहीबेरअघि सुरु भएको बैठक हिजो बसेको सचिवालय बैठककै निरन्तरता भएको एमालेले जनाएको छ।
आइतबार निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि सचिवालय बैठक स्थगित गरिएको थियो। सोही बैठकलाई निरन्तरता दिँदै आज सचिवालय बैठक बसेको हो।
आजको बैठकले आजैदेखि सुरु हुने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ। निर्वाचन समीक्षा कार्यदलले बुझाएको प्रतिवेदनलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने जनाइएको छ।
एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे ललितपुरको भैंसीपाटीस्थित रामवाग पार्टी प्यालेसमा बस्ने कार्यक्रम छ।
फागुनमा सम्पन्न निर्वाचनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठकमा केन्द्रीय कमिटीका सबै सदस्यलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराउने तयारी गरिएको एमालेले जनाएको छ।




















