वर्दिया । कोहलपुरबाट धनगढीतर्फ जाँदै गरेको फोटोन कम्पनीको ईभी हाइस गाडीमा बर्दियाको रम्मापुर नजिक महेन्द्र राजमार्गमा अचानक आगलागी भएको छ ।
आइतबार बिहान करिब ६:५० बजे बारबर्दिया नगरपालिका–७ स्थित रम्मापुर, ५ नम्बर चोक नजिक गुडिरहेको अवस्थामा उक्त गाडीमा आगो सल्किएको हो । सवारी साधनमा चालक र सहचालक मात्र रहेको र उनीहरू सकुशल रहेको बताइएको छ ।



















