ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत समसामयिक तथा विविध विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।




















