काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डीपी अर्याल र नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेबीच भेटवार्ता भएको छ।
मंगलबार सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय तथा प्रतिनिधि सभाका गतिविधिबारे छलफल भएको जनाइएको छ।
भेटका क्रममा प्रतिनिधि सभाको आगामी कामकारबाही र संसद्को प्रभावकारी सञ्चालनलगायत विषयमा समेत कुराकानी भएको बताइएको छ।




















