काठमाडौँ । ‘ग्लोबल युथ पार्लियामेन्ट’का संस्थापक तथा युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गरेलगत्तै अर्याललाई महासचिवको जिम्मेवारी दिइएको उनेपाका सचिव नरबहादुर कार्कीले जानकारी दिएका छन्।
अर्याल महासचिव बनेसँगै उनेपामा महासचिवको संख्या दुई पुगेको छ। यसअघि पार्टी अध्यक्ष कुलमान घिसिङले धर्म चौधरीलाई महासचिवको जिम्मेवारी दिएका थिए।
अर्यालसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याललगायत पनि उनेपामा प्रवेश गरेका छन्। उनीहरू अर्याल नेतृत्वको टोलीका सदस्य रहेको बताइएको छ।
अर्यालकै नेतृत्वमा ‘ग्लोबल युथ पार्लियामेन्ट’ स्थापना भएको थियो। उक्त संस्थामा ८० भन्दा बढी देशका २१ सयभन्दा बढी युवा आबद्ध रहेको जनाइएको छ। तीमध्ये ८० देशका १ हजारभन्दा बढी युवालाई नेपाल भ्रमण गराइएको बताइएको छ।




















