काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ द्वारा राजधानीमा आयोजित दुईदिने ‘काष्ठमण्डप डाइलग’ तेस्रो शृङ्खलाको आज समापन गर्दै उहाँले तीव्र आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकास गरिरहेको चीनबाट नेपालले लाभ लिनसक्नुपर्ने बताए ।
नेपाली कम्युनिष्ट पार्टीका नेता खनालले दुई देशबीचको सम्बन्धलाई अझ समुन्नत बनाउँदै लैजानुपर्नेमा जोड दिए । नेपाल–चीन सम्बन्धका लागि बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय वातावरण’, ‘पार्टी निर्माण र सुशासनका अनुभव आदानप्रदान’, ‘व्यावहारिक सहयोगः भूराजनीति, व्यापार र कनेक्टिभिटी’, ‘जलवायु उत्थानशीलता र सीमापार जोखिम घटाउने’, ‘नेपाल–चीन सांस्कृतिक तथा जनस्तरको सहयोग’ र ‘युवाको भूमिका : अर्को पुस्ताको मित्रता निर्माण’ बारेमा विचार आदानप्रदान भएको थियो ।




















