काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन सोमबार सेयर बजार सकारात्मक भएर बन्द भएको छ। नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेको हो। ३५२ वटा स्क्रिप्सको ९२ लाख ९८ हजार ९४ कित्ता सेयर ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १९५ वटा स्टक्सको मूल्य बढ्दा ७९ वटाको घट्यो। ४ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। आज एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पियोर इनर्जीको सेयर १५ प्रतिशतले बढ्यो। दोहोरो अंकले बढेरको सेयर बजारमा इनर्जिङ नेपाल,सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयरमा नकारात्मक सर्किट लागेको हो।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्षस्थानमा रह्यो। उक्त कम्पनीले २५ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। गरिमा विकास बैंकले १७ करोडको कारोबार गर्दा सोलु हाइड्रोपावरले १६ करोड,एसवाइ प्यानल नेपालले १३ करोड र सुपर मादी हाइड्रोपावरले १० करोड मूल्य बराबरको सेयर कारोबार गरे।
फाइनान्स र ट्रेडिङ समूहको उपसूचकबाहेक बाँकी अरू समूहको उपसूचक सकारात्मक देखिएका छन्। नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक २ प्रतिशतले बढ्दा बैंकिङ र मनु एण्ड प्रो समूहको उपसूचक १/१ प्रतिशतले बढे।



















