काठमाडौं । आज मंगलबार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
संघीय संसद् सचिवालयले सूचना जारी गर्दै ‘विशेष कारण’ ले आजको बैठक बस्न नसक्ने जनाएको छ।
सचिवालयका अनुसार अब प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्नेछ।
यसअघि मंगलबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको थियो। तर, विशेष कारण देखाउँदै संसद् सचिवालयले बैठक एक दिनका लागि सारिएको हो।




















