रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। बिहीबार बिहानदेखि जारी खोजी तथा उद्धार अभियानका क्रममा ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको हो।
यसअघि १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको पुष्टि भइसकेको थियो। घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्।
हालसम्म ९ जना अझै बेपत्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठका अनुसार बुधबार राति करिब ८ः४० बजे माथिबाट आएको पहिरोले थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा रहेका ६ वटा घर तथा गोठमा क्षति पुर्याएको हो। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
पहिरोमा परी सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्।



















