काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री सचिवालयका अनुसार उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।
भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको सचिवालयको भनाइ छ।
भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए।
त्यस्तै राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए। प्रधानमन्त्रीले शाहले आजमात्रै भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए।




















