काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार राति प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक गरेको हो।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको थियो।
तेस्रो संस्करणमा सहभागी टोली, खेलतालिका तथा अन्य विवरण भने क्यानले पछि सार्वजनिक गर्ने जनाएको छ।




















