काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन्। स्वर्गीय श्यामबहादुर कार्कीको १९ औँ स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले साउन २४ गते देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका हुन्।
उनले पार्टीलाई मौलिक इतिहास, त्याग र जगमा फर्काउँदै नयाँ ढंगले अघि बढाइने उल्लेख गरे। सभापति थापाले कांग्रेस पार्टीलाई सत्ता चाहि र शक्ति चाहिने भएपनि सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको केही पनि अर्थ नरहेको उल्लेख गरे।
उनले सेवा भाव र नागरिकको अधिकारका लागि गरिने राजनीति अहिलेको आवश्यकता रहेको धारणा राखे। बिपी कोइराला, गणेशमान सिंह, र कृष्णप्रसाद भट्टराई जस्ता शीर्ष नेताहरूले पद र सत्ताका लागि सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको उनले स्मरण गरे।
कार्यक्रममा विद्यार्थीहरुलाई स्कुल व्याग तथा स्टेशनरी सामाग्री वितरण गरिएको थियो।




















