काठमाडौं । सभामुख डीपी अर्यालले ढल्केबर ट्रमा सेन्टरको योजना हटाइएको विषयमा प्रतिनिधिसभामा उठेको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले ट्रमा सेन्टरको योजना कटौती गरिएको भन्दै विरोध जनाउँदै दिनभर सदनमै अनशन बस्ने घोषणा गरेका थिए।
सभामुखको आग्रहपछि सांसद यादवले अर्थमन्त्री वा स्वास्थ्यमन्त्रीले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखेका थिए। त्यसपछि सभामुख अर्यालले सम्बन्धित विषयमा सरकारलाई जवाफ दिन निर्देशन दिएपछि यादवले अनशन स्थगित गरेका थिए।
सरकारलाई निर्देशन दिएसँगै सभामुखले प्रतिनिधिसभाको बैठकको कारबाही अघि बढाएका छन्।




















