वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने ‘बर्थ टुरिजम’ रोक्न दुई नयाँ कार्यकारी आदेश जारी गरेका छन्।
नयाँ व्यवस्थाअनुसार पर्यटकका रूपमा अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा कडाइ गरिनेछ। साथै, केही विशेष अवस्थामा अमेरिकामा जन्मिएका शिशुले स्वतः अमेरिकी नागरिकता नपाउने दायरा पनि विस्तार गरिएको छ।
यसअघि जन्मसिद्ध नागरिकता सीमित गर्ने ट्रम्पको आदेश अमेरिकी सर्वोच्च अदालतले कार्यान्वयन गर्न रोक लगाएपछि उनले नयाँ कानुनी उपाय अपनाएका हुन्। ट्रम्पले सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै नयाँ आदेशमार्फत आप्रवासन प्रणालीको दुरुपयोग रोक्न खोजिएको बताएका छन्।
यद्यपि, अमेरिकी कानुनविद्हरूले ‘बर्थ टुरिजम’ नियन्त्रणसम्बन्धी व्यवस्था कानुनी रूपमा टिक्न सक्ने भए पनि अमेरिका भित्र जन्मिएका शिशुको नागरिकता सीमित गर्ने प्रावधानले संवैधानिक विवाद निम्त्याउन सक्ने बताएका छन्।




















