काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले ठाउँ ठाउँमा सेना गठन गर्ने छुट कसले कसलाई दिएको हो ? भन्दै संसद बैठकमा प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद साम्पाङ्गले सेना गठन गर्न पाउने मापदण्ड के–के हुन्, त्यो मापदण्ड पुरा गरेर क–कसले सेना गठन पाउने हो भन्दै संसदमार्फत सरकारलाई प्रश्न गरेका छन् । साउन ५ गते आफ्ना कार्यकर्ता जनकपुर जाँदा अज्ञात समूहले हातपात समेत गरेको बताउँदै उनले यसबारेमा आफूले गृहमन्त्रीलाई फोन गरेरै जानकारी गराएको तर, कारवाहीको प्रक्रिया कहाँ पुग्यो भन्नेबारे कुनै जानकारी नभएको बताए ।
सांसद राईले देशमा एउटै मात्र सेना रहनु पर्छ भन्ने हो भने सरकारले विभिन्न नाममा रहेका सेनालाई निषेध गर्नुपर्ने बताए । उनले त्यस्ता सेना नामका समूहहरुसँग सरकारले वार्ता पनि गर्न नहुने बताए । देशमा धेरै समस्याहरु रहेको बताउँदै सांसद राईले ती समस्याहरुलाई सरकारले धेरै गम्भीर भएर हेर्नुपर्ने बताएका छन् ।
सांसद साम्पाङले ‘हिन्दू सम्राट सेना’ जस्ता समूहहरूसँग गृहमन्त्रीले वार्ता गरेकोमा आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसिभा बैठकमा सांस्द साम्पाङले नेपाल एक सार्वभौम देश भएकाले यहाँ ‘नेपाली सेना’ बाहेक अन्य कुनै सेनाको अस्तित्व हुन नसक्ने भन्दै ‘हिन्दू सम्राट सेना’ जस्ता समूहहरूसँग गृहमन्त्रीले वार्ता गरेकोमा आपत्ति जनाएका हुन् । यस्ता ‘सेना’ नाम जोडिएका समूहहरूलाई सरकारले प्रतिबन्ध÷निषेध गर्नुपर्ने र तिनीहरूसँग वार्ता गर्न नहुने उनले बताए ।
त्यस्तै साम्पाङले आफू जनकपुर जान खोज्दा एउटा समूहले बाटो छेक्ने र निषेध गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाए । साउन ५ गते जनकपुरमा श्रमदाताहरूमाथि अज्ञात समूहबाट कुटपिट भएको र त्यसबारे गृहमन्त्रीलाई जानकारी गराउँदा पनि कारबाही नभएको भन्दै उनले सरकारको जवाफ माग गरे । उनले कोशी ब्यारेजमा रहेका ५६ वटा ढोकाहरू बर्खायाममा थुनेर राख्दा नेपालको आफ्नै भूभाग डुबानमा पर्ने गरेको भन्दै डुबानको समस्यामा सरकार गम्भीर हुनुपर्ने बताए । उनले सुनसरी लगायतका स्थानमा हालै घटेका घटनाहरूको निष्पक्ष र सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिए ।




















