काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि काठमाडौँमै सर्वसाधारण घण्टौँ लाइन बस्न वाध्य भएका छन् ।
काठमाडौँको टेकुस्थित नेसनल ट्रेडिङको शाखा कार्यालय परिसरमा सोमबार बिहानैदेखि सयौँ उपभोक्ता लाइनमा लागेका छन्।
नेपाल आयल निगमले भने देशमा र विशेषगरी काठमाडौँ उपत्यकामा ग्यासको कुनै अभाव नरहेको दाबी गरेको छ। तर खुद्रा डिलरमा ग्यास नभेटिएपछि रित्तो सिलिण्डर बोकेर सर्वासाधारण टेकु पुगेका हुन्।
टेकुमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्र ग्यास बिक्री–वितरण गर्ने समय तोकिए पनि बिहानैदेखि सर्वसाधारणको लामो लाइन लागेको थियो ।




















