काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । पुल्चोकमा आयोजित ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड घोषणा गरिएको हो ।
आर्या निशांत मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भए । ढकालले यसअघि मिस नेपाल हङकङ इन्टरनेशनलको उपाधि पनि जितेकी थिइन् ।
विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक मा उनी इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् । उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका पनि हुन् ।
द हिडन ट्रेजरले मिस नेपालको आयोजना गरेको हो ।




















