काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी खेल सकिएलगत्तै मैदानमै हातपातमा उत्रिएका छन् ।
अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार बिहान भएको फाइनलमा स्पेन विजयी बनेपछि दुवै टोलीका खेलाडीबीच तनाव उत्पन्न भएको थियो। त्यसक्रममा अर्जेन्टिनाका केही खेलाडीले स्पेनका खेलाडीमाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रिपोर्टअनुसार अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले जितको खुसीमा दौडिरहेका एक स्पेनिस खेलाडीको पेटमा मुक्का प्रहार गरेका थिए। त्यसपछि मैदानको अवस्था थप तनावपूर्ण बनेको थियो ।
त्यसको केहीबेरपछि अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो पारेडेस पनि विवादमा तानिए । उनले स्पेनका डिफेन्डर एरिक गार्सियाको घाँटी समात्दै धकेलेका थिए । यति मात्र होइन, उनले स्पेनका युवा मिडफिल्डर गाभीलाई भुइँमा पछारेर लात्ती प्रहार गरेको पनि बताइएको छ ।
घटनापछि दुवै टोलीका खेलाडी, प्रशिक्षक र अफिसियलहरू मैदानमा पुगेका थिए र अवस्था नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए। केही समय तनावपूर्ण अवस्था रहे पनि थप ठूलो झडप हुन भने पाएन ।
घटनाबारे फिफाले औपचारिक अनुसन्धान गर्ने अपेक्षा गरिएको छ। यदि दोषी ठहरिएमा संलग्न खेलाडीमाथि अनुशासनात्मक कारबाही हुन सक्ने सम्भावना रहेको छ ।
विश्वकप फाइनलजस्तो प्रतिष्ठित प्रतियोगिता समाप्त भएपछि भएको यो घटनाले खेल भावना र खेलाडीहरूको व्यवहारमाथि फेरि एकपटक प्रश्न उठाएको छ ।




















