काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी इङ्गल्याण्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन्।
२१ वर्षपछि पहिलो पटक भिड्न लागेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार भोलि बिहान १२:४५ बजे सुरु हुनेछ।
विश्व फुटबलकै ठूला स्टारहरू मैदानमा उत्रिने यस खेलमा दुवै टोलीका केही मुख्य खेलाडीको प्रदर्शन निर्णायक बन्ने अपेक्षा गरिएको छ।
पहिलो सेमिफाइनलबाट स्पेन फाइनल पुगिसकेकाले अब अर्जेन्टिना र इंग्ल्यान्डबीच एक टिम फाइनल पुग्नेछन् । त्यसैले यो सेमिफाइनल दुवै टिमका लागि गर या मरको बनेको छ ।




















