काठमाडौं । ‘पैदल न्याय मार्च’ गर्दै जनकपुरधामबाट काठमाडौंतर्फ हिँडेका मिटरब्याज पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटवार्ता गरेका छन्।
गृहमन्त्री भेट्न आउने जानकारी पाएपछि पीडितहरू निजगढमै रोकिएका थिए। त्यसपछि उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री र पीडितबीच समस्या तथा मागका विषयमा छलफल भइरहेको छ।
मिटरब्याज पीडितका नेता मनोज पासवानका अनुसार भेटवार्तामा पीडितहरूले आफ्ना माग र समस्या गृहमन्त्रीसमक्ष राखिरहेका छन् भने समाधानका सम्भावित उपायबारे पनि संवाद भइरहेको छ।
मिटरब्याजबाट पीडित भएको भन्दै न्यायको मागसहित उनीहरू जनकपुरधामबाट पैदल यात्रा गर्दै काठमाडौं पुग्ने अभियानमा रहेका छन्।




















