काठमाडाैं । फिफा विश्वकप फुटबलको साविक विजेता अर्जेन्टिना राष्ट्रिय फुटबल टोली अन्तिम १६ मा प्रवेश गरेको छ ।
आज बिहान मियामी स्टेडियममा सम्पन्न रोमाञ्चक खेलमा अर्जेन्टिनाले केप भर्डे राष्ट्रिय फुटबल टोलीलाई अतिरिक्त समयमा ३–२ गोलले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्दै अग्रता बनायो भने केप भर्डेले एक गोल फर्काए पनि खेलमा पुनरागमन गर्न सकेन ।
यस जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाउँदै उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको छ। प्रतिस्पर्धात्मक प्रदर्शन गरेको केप भर्डे भने अन्तिम १६ पुग्ने सपना पूरा गर्न असफल रह्यो।
अर्जेन्टिनाले अब क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।




















