काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा सम्पन्न खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
स्विट्जरल्यान्डले खेलको सुरुआतमै अग्रता बनाएको थियो। पहिलो हाफको १०औँ मिनेटमा जोहान मानजाम्बीको पासमा ब्रिल एम्बोलोले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै डान एनडोएले अर्को गोल थप्दै स्विट्जरल्यान्डको जित सुनिश्चित गरे।
यस जितसँगै स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गर्ने अर्को टोली बनेको छ। यसअघि गएराति र आज बिहान भएका खेलमा जित निकाल्दै स्पेन र पोर्चुगलले पनि अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।




















