काठमाडौं । नेपाली कांग्रेसका तीन वरिष्ठ नेताबीच भेटवार्ता जारी रहेको छ।
नेता विमलेन्द्र निधिको मध्यबानेश्वरस्थित निवासमा निधि, नेता प्रकाशमान सिंह र नेता डा. शशांक कोइरालाबीच छलफल भइरहेको हो।
निधिको सचिवालयका अनुसार तीन नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा केन्द्रित भएर छलफल भइरहेको छ।




















