काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरणमा बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका राउन्ड अफ १६ मा प्रवेश गरेको छ। सानफ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २-० ले हराएको हो।
खेलको ४५ औं मिनेटमा अमेरिकाले गोल गर्यो। अमेरिकाको लागि फोलारिन बालोगुनले गोल गरे। दुई डिफेन्डर र गोलकिपरलाई बिट गर्दै उनले उत्कृष्ट फिनिस गरेका थिए।
पहिलो हाफमा दबदबापूर्ण अग्रता बनाएको अमेरिकाले खेलको ६४ औं मिनेटमा अमेरिकाका स्ट्राइकर बालोगुनले रातो कार्ड बेहोरे।
दोस्रो हाफको सुरुवाती समयमा नै अमेरिका १० खेलाडीमा सीमित बन्यो। त्यसपश्चात अमेरिकाले ८२ औं मिनेटमा मलिक तिलमेनको फ्री किक मार्फतको गोलबाट २-० को अग्रता बनायो।
यो खेलमा हार बेहोरेसँगै बोस्निया एन्ड हर्जगोभिनाको भने विश्वकप यात्रा सकिएको छ।
अमेरिकाले अराउन्ड अफ १६ मा बेल्जियमसँग खेल्नेछ। बेल्जियमले आज नै भएको खेलमा सेनेगललाई ३-२ ले पराजित गरेको थियो।




















