काठमाडौँ । फिफा विश्वकप –२०२६ अन्तर्गत आज विहान भएको खेलमा मेक्सिको इक्वेडरविरुद्ध २–० ले पराजित गर्दै अन्तिम १६ (प्रिक्वाटर्डफाइनल)मा प्रवेश गरेको छ ।
मेक्सिको सिटी स्टेडियममा भएको खेलेको पहिलो हाफमा मेक्सिकोले २ गोल गरेको थियो भने दोश्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।
विश्वकप–२०२६ को सह–आयोजक राष्ट्रसमेत समेत रहेको मेक्सिकोले खेलको २१ औँ मिनेटमा जुलियन क्विनोनेसले र ३१औँ मिनेटमा राउल जिमेनेजले गोल गरेका थिए ।
यसअघि मेक्सिकोले दक्षिण कोरियालाई १–० र चेक गणतन्त्रविरुद्ध ३–० ले जित हासिल गरेको थियो ।
उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको थियो । मेक्सिको जारी विश्वकपमा अहिलेसम्म अपराजित रहँदै अन्तिम १६ मा पुगेको हो ।




















